रविको राहदानी प्रकरणले हामी सबैलाई झस्कायो:कृष्ण पि.आचार्य

काठमाडौं। जमैका नेपाली समाजका अध्यक्ष कृष्ण पि.आचार्यले रवि लामिछानेको राहदानी प्रकरणले सम्पुर्ण गैरआवासिय नेपालीहरुलाई झस्काएका बताएका छन्। टिभि सन्डे अनलाईन टेलिभिजनमा पत्रकार तिलक पौडेलसँग कुराकानी गर्दै आचार्यले यस्तो बताएका हुन्।

देशमा बढेको बेरोजगारी समस्यासहित विभिन्न बाध्यताका काणले विदेशिन वाध्य नेपालीहरुप्रति नेपाल सरकार सकारात्मक बन्न नसकेको उनको भनाई छ।

उनले कोभिड महामारी जस्ता आपतकालिन अबस्थामा देशबाहिर रहेर पनि नेपाल र नेपालीको सहयोगका गैरआवासिय नेपालीको भुमिका अतुलनिय रहेको भन्दै यसतर्फ पनि राज्यले ध्यान दिनुपर्ने बताएका छन्।

अध्यक्ष आचार्यसँगको कुराकानि टिभी सन्डेको सामाजिक सञ्जाल (फेसबुक, टिकटक, ट्वीटर)सहित अनलाईन पत्रिका र युटुव च्यानलमा हेर्न र सुन्न सकिने छ।