रामेछापमा बोलेरो दुर्घटना हुँदा ४ को मृत्यु, थप विवरण आउदै

काठमाडौं। रामेछापमा जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । रामेछापको मन्थली नगरपालिका ७ भुटौली स्थित कौछिनीमा बोलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सदरमुकाम मन्थलीबाट बटौलीको कौछिनी जाँदै गरेको बा ११ च ५५३ नम्बको बोलेरो कौछिनीस्थित मगर टोलमा दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको ज्यान गएको स्थानीय बलबहादुर तामाङले जानकारी दिको प्रहरीले पुष्टी गरेको छ।

मृतको पहिचान भइसकेको छैन। दुर्घटना स्थलमा प्रहरी पुगेर उद्धारको कार्य भैरहेको र घटनाको विस्तृत विवरण आउन बाँकी नै छ।