माल्टा। नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनले नेपाली नयाँ बर्षमा नेपालमा पर्यटन पर्बद्दन गर्ने ऊद्देश्यले नेपाल डे मनाउने भएको छ। नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका संयोजक प्रकाश भण्डारीले नेपाल चिनाऊन र नेपालमा पर्यटक भित्र्याउने ऊद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको बताए ।
यस्ता कार्यको लागी सहकार्य गरि अगाडि बढ्न र यस्ता कार्यलाइ निरन्तरता दिन भण्डारीले सम्पुर्ण माल्टा बासि नेपालि संघ,सँस्था,दाजु भाइ तथा दिदिबहिनि हरुलाइ आग्रह गर्दै कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन अनुरोध गरे। उनले आगामी दिनमा नेपाल चिनाउने बिबिध कार्यक्रमहरु पनि सँस्थाले गर्दै जाने र नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनमा जोडिई आफ्नो तर्फबाट देशलाई केही योगदान गर्न सम्पुर्ण माल्टावासिलाई आग्रह गरे ।
भन्डारीले हाम्रो देश नेपाल बहु जाति, बहु धार्मिक,बहु सास्कृतिक अनि बिबिध भाषा,भेष भुषा र प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएकाले देश विकाशको प्रमुख आधार पर्यटन नै भएको दाबी गरे। अहिले रोजगारीको शिलशिलामा कर्मभुमि माल्टामा रहदै गर्दा पनि आफ्नो मातृभूमिको माया हामि सबैमा रहेकोले नै मातृभूमिलाइ चिनाउनको लागि नेपालि नया बर्ष २०८० सालको अबसर पारेर अप्रिल १६ तारिकका दिन माल्टाको राजधानी भ्यालेटामा नेपाल डे आयोजना गर्न लागेको बताए ।
उक्त कार्यक्रमलाइ सहयोग गर्ने सम्पुर्ण सहयोगीलाइ आभार ब्यक्त गर्दै सम्पुर्ण नेपालि दाजु भाइ तथा दिदिबहिनिहरुलाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध गरेको अध्यक्ष भण्डारीले बताए। नेपाल डे कार्यक्रमको तयारीका लागी माल्टामा अबस्थित बिभिन्न सामाजिक संघ सँस्थाका प्रतिनिधि,नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।