काठमाडौं।नदी किनार,नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको छ।
महानगरले शनिबार एक सूचना प्रकाशित गर्दै नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरी भोगचलन गरेकालाई तत्काल हटाउन भनेको हो।
महानगरले यसअघि पनि पटक पटक यस्ता सूचना जारी गरी अनधिकृत संरचना हटाउन भनी सबैलाई जानकारी गराईसकेको भन्दै अब एक साताभित्र अनधिकृत संरचना नहटाएमा प्रचलित कानुन बमोजिम संरचना हटाइने र सोको खर्च सम्बन्धित पक्षसँगै असुल उपर गरिने महानगरद्वारा जारी सूचनामा उल्लेख छ ।