काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध राहदानी विवादमा मुद्दा नचलाइने भएको छ। महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचल्ने निर्णय गर्नुभएको हो।
जिल्ला सरकारी वकिल कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदनको आधारमा महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा महान्याधिवक्ताले उक्त निर्णय गर्नुभएको बताइएको छ।
यो निर्णयसँगै लामिछानले क्लिनचिट पाउनुभएको छ
राहदानी दुरुपयोग सम्बन्धी अनुसन्धानको फाइल हिजो महान्यायाधिवक्ता कार्यालय पुगेको थियो । प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयले पनि मुद्दा चलाउनुनपर्ने निर्णय गरी पठाएको थियो ।