तीन पूर्वअध्यक्ष पन्त, घले र लामिछाने एकै ठाउँमा, एनआरएनए वृत्तमा तरङ्ग उत्पन्न

जर्मनी।
गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्षहरु डा. शेष घले, जीवा लामिछाने र कुमार पन्त एकै ठाँउमा देखिएपछि ऐले एनआरएनए वृत्त तरंगित बनेको छ । एनआरएन भित्रको विभाजनले गैर आवासीय नेपालीहरुमा निरास छाइरहेको बेला यी ३ पूर्व अध्यक्षहरु एक ठाउँमा देखिएपछि एनआरएन वृत्तमा खुसीयालीको तरङ्ग छाएको हो ।

जर्मनी भ्रमणको क्रममा रहनु भएका डा. घलेलाई एनआरएनए पूर्व अध्यक्ष जीवा लामिछाने, कुमार पन्त र एनआरएनए जर्मनीका संस्थापक अध्यक्ष दिल गुरुङलगायत गैर आवासीय नेपालीहरुले स्वागत गरेर सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेपछी यसले चर्चा पाएको हो ।

एनआरएनएको १० औं महाधिवेशनमा डेलिगेट्सको विषयमा विवाद हुँदा डा.घले पक्षबाट छुट्टै महाधिवेशन गरि नयाँ नेतृत्व चयन गरिएको थियो

संस्थापन पक्षबाट तीन जना अध्यक्षसहित जम्बो कार्यसमिति चयन भएको थियो । जसले गर्दा एनआरएन दुई धारमा विभाजीत बनेको थियो ।

यतिबेला आफ्नो ब्यवसायीक कामको सिलसिलामा बेल्जियम पुग्नु भएका डा. घलेले जर्मनीको हाइडेलबर्गको भ्रमण समेत गर्नु भएको छ । भेटका क्रममा खिचिएको तस्विर सामाजीक सञ्जालमा सार्वजनीक भएसँगै एनआरएन वृत्तमा विभिन्न तहबाट चर्चा पाएको छ ।