काठमाडौं। अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषावकरबीचको दाम्पत्य जीवनमा संकट उत्पन्न भएको छ। निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध दायर गरेको अंशवण्डाको मुद्दामा अदालतले सम्पत्तिको फाँटबारी माग गर्न आदेश दिएको छ ।
अदालतको वेबसाइटमा उल्लेख भएअनुसार न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले उक्त आदेश दिएको हो। नाबालक छोरासमेतलाई अंशभाग लगाउनुपर्ने माग गर्दै निशाले पति शरदविरुद्ध मुद्दा हालेकी हुन्। निशाले गत भदौ २८ गते अंश चलनको मुद्दा दायर गरेकी थिइन्।
प्रेम सम्बन्धमा रहेका यी दुईले २०७४ सालमा विवाह गरेका थिए। २०७५ सालमा अमेरिकामा पुगेर निशाले छोरालाई जन्म दिएकी थिइन्। यतिबेला दुवै जना नेपालमा बस्दै आएका छन्। निशा फिल्म करिअरमा व्यस्त छिन्।
शरद भने राष्ट्रिय टिममा समावेश नभएका कारण फुर्सदमा छन् ।अंशवण्डा मुद्दा दायर गरेकी निशाले सम्बन्धविच्छेदको मुद्दा भने दायर गरेकी छैनन् ।