काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ।निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आजदेखी चैत ५ गतेसम्म जारी रहने गरी आचारसंहिता जारी गरेको हो ।
आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी एवं सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्था तथा त्यसका कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलका भातृ संगठनलाई लागू हुने छ ।
त्यस्तै, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवं मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई पनि आचारसंहिता लागु हुनेछ ।
राष्ट्रपतिको लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास नेम्वाङ मैदानमा छन् ।
यही फागुन २५ गते राष्ट्रपति पदको र चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुने कार्यतालिका रहेको छ ।