सिलिन्डर विस्फोट हुँदा नुवाकोटमा एक घर जलेर नष्ट

काठमाडौं । नुवाकोटमा ग्यास सिलिन्डर विस्फोट हुँदा एक घर जलेर नष्ट भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका-८, पाँचखलेमा हिजो खाना पकाउने ग्यास सिलिण्डर बिष्फोट हुँदा विश्वनाथ पुडासैनीको घर जलेर नष्ट भएको हो।

पुडासैनीको दुई तल्ले ढुंगा र इँटालेबनेको घरमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए।

आगलागीबाट घर तथा त्यसमा रहेका सम्पूर्ण सामग्री जलेको हो।