कतारमा मानव अधिकारको क्षेत्रमा सक्रिय अभियन्ता प्रो. मोहम्मद रमजान अलि मियाँलाइ अन्तराष्ट्रिय मानव अधिकार दिवस २०२२ को अवसरमा सम्मान गरिएको छ ।
विगत एक दशकदेखी कतारमा मानव अधिकारको क्षेत्रमा सक्रिय रमजानलाइ अन्तराष्ट्रिय मानव अधिकार संगठनले एक विशेष कार्यक्रममा संम्मान गरेको हो । मियाँले कतारको मानव अकिारको संरक्षण, प्रवर्धन र बिकास मार्फत समुदायमा दिएको उल्लेख्य योगदानको कदर स्वरुप यो सम्मान प्रदान गरिएको संगठनको विज्ञप्तिमा उल्लेख छ । सो अवरसमा उनिसंगै विश्वका विभिन्न देशका मानव अधिकारकर्मीलाइ पनि सम्मान गरिएको थियो ।
उनले कतारमा रहेका आप्रवासी समुदायको मानव अधिकारको रक्षा एवं विकासको लागी विगत एक दशकदेखी काम गरिरहेका छन् । मियाँ कतारको राष्ट्रिय मानव अधिाकार आयोगमा आवद्ध छन् ।
विगत २ दशकदेखी कतार बस्दै आएका मियाँले कतारको भाषा, संस्कृति, मानव अधिकार, अध्यागमन र श्रम कानूनसंग सम्बन्धित ३७ वटा पुस्तकहरु प्रकाशन गरिसकेका छन् । उनको हालै प्रकाशित पुस्तक “मैले देखेको कतार” मा करिब ३ लाख जनसंख्या भएको मरुभूमीको देशले बिगत २० बर्षका कसरि संसारलाइ चकित पार्न गरि आर्थिक बिकास गर्यो भन्ने रोचक तथ्यहरु पढ्न पाइन्छ । काठमाण्डौको डाँछीमा जन्मिएका रमजान अरबी भाषा र साहित्यका जानकार हुन् । उनले कतारको मानव अधिकार, आर्थिक बिकास र नेपाल कतार संम्बन्ध बारे बिभिन्न मिडियाहरुमा लेखहरु प्रकाशित गर्दै आएका छन् । नेपाल तथा कतारको विभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय मियाँलाइ हालै नेपाली व्यवसायी संघ कतारले कानूनी सल्लाहकारमा मनोनित गरेको थियो ।