सोलुखुम्बुमा गठबन्धनको पक्षमा चुनावी लहर

निर्वाचन नजिकिँदै गर्दा देशभर सम्पूर्ण उम्मेदवारहरुको प्रचार गतीबिधी तिब्र भएको छ। धेरैले अभिरुची पुर्वक हेरीरहेको सोलुखुम्बु जिल्लामा गठ बन्धनको पक्षमा चुनावी लहर आएको बताइन्छ। गत २३ कात्तिक गते एमाले का जिल्ला समिती सदस्य सहीत ८० जना नेता तथा कार्यकर्ताहरुले नेपाली काङ्रेसमा प्रवेश गरे पछी गठबन्धन जगतमा खुशी छाएको छ। यसलाई चुनावी लहरको रुपमा लिन पर्ने उम्मेदवारहरुको दावी छ।

सोलुखुम्बु जिल्लाबाट संघिय संसदमा नेपाली काङ्रेसका केन्द्रिय सदस्य, नेता तथा पूर्व मन्त्री बल बहादुर केसी गठबन्धन को साझा उम्मेदवार हुनुहुन्छ भने प्रदेश सभा क बाट गोम्बु शेर्पा (कर्ज्याङ) बाट तथा प्रदेसभा (ख) का उम्मेदवार शिव हुमागाईँ दुबै नेकपा माओवादिका नेताहरु हुनुहुन्छ। सोलुखुम्बुमा गठबन्धनको छुट्टा छुट्टै र संयुक्त चुनावी सभा भैरहेको समाचार छ।

सोलुखुम्बुमा बल बहादुर केसीको पकड निकै मजवुत भएको जगजाहेर छ। उनी एकाध पटक बाहेक सदा जसो सोलुखुम्बुबाट बिजयी भएका छन। यासको कारण उनी बिकास प्रेमी र सहयोगी स्वभाव भएकोले नै यती लोकप्रिय भएको मतदाताहरु बताउँछन। एक चुनावी सभामा उनले भने, “सामाजिक एकता र सहिष्णुताले मात्र देशको समृद्धि हुन्छ”। हुन पनि बल बहादुर केसी २०३५, २०३६ देखी सदा चर्चित रहने गरेका नेपाल विध्यार्थी संघ (नेविसंघ) पूर्व सभापति समेत हुन। २०३६ सालको विध्यार्थी आन्दोलनका नायक केसीको लोकतन्त्रको सँरक्षण र सम्वर्धनमा महत्वपूर्ण योगदान रहेकोले प्रधानमन्त्री तथा नेपाली काङ्रेसका सभापति शेर बहादुर देउवाको समकक्षिको रुपमा हेरिने गरेको छ।

२०३५, २०३६ देखी सदा चर्चित रहने गरेका नेपाल विध्यार्थी संघ (नेविसंघ) पूर्व सभापति समेत हुन। २०३६ सालको विध्यार्थी आन्दोलनका नायक केसीको लोकतन्त्रको सँरक्षण र सम्वर्धनमा महत्वपूर्ण योगदान रहेकोले प्रधानमन्त्री तथा नेपाली काङ्रेसका सभापति शेर बहादुर देउवाको समकक्षिको रुपमा हेरिने गरेको छ। यस पटकको निर्वाचनमा बिजयी भएपछी केन्द्रिय मन्त्री मण्डलमा समेत समावेस भएर जिल्लाको बिकासमा महत्वपूर्ण टेवा पुग्नेमा मतदाताहरु आशाअवादी छन।