केपी ओलीलाई ‘डिबेट’ गर्न चुनौती

नेपाली कांग्रेसबाट झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा खगेन्द्र पाण्डब अधिकारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूसंग ‘डिबेट’ गर्न चुनौती दिएका छन् ।

उम्मेदवार अधिकारीले सामाजिक सञ्जालमार्फत आफू ओलीसंग जुनसुकै बिषयमा डिबेट गर्न तयार भएको उल्लेख गरेका छन् । एमाले अध्यक्ष ओली र आफू यसै क्षेत्रका प्रतिष्पर्धी उम्मेदवार भएकाले क्षेत्रका समस्या, एजेण्डाका बिषयमा डिबेट गर्न तयार भएको उनले बताएका छन् ।

उनले भनेका छन् , –‘ओली जी, किन टाढाका ब्यस्त नेतासँग अनलाइनमा दोहोरी खेलेर समय बर्वाद गर्न चाहनुहुन्छ रु कुन बिषयमा, कति समय डिबेट गर्ने हो र आउनुस,जुममा होईन लाईभ मै दमकमै बसेर आमने सामने टेवल टक गरौ । म टेबलटक मात्रै हैन निर्वाचनमा टक्कर गर्न र यसपटक तपाईलाइ परास्त गर्न तपाईकै क्षेत्रमा खडा भएको छु ।’

दुई दिन अघि एक कार्यक्रममा ओलीले कांग्रेस अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवालाई डिबेट गर्न चुनौती दिएका थिए । आफना पार्टी अध्यक्ष विरुद्ध बहस गर्न ओलीले चुनौती दिए पछि यस क्षेत्रका कांग्रेस उम्मेदवार डा अधिकारीले त्यसको जवाफ दिदै थप चुनौती दिएका हुन् ।