सेप्टेम्बर २७, नेकपा माओवादिको भात्री सङ्गठन प्रवास सम्न्वय समितीको आयोजनामा बृहत राज्नितिक प्रशिक्षण सम्पन्न भएको छ । उक्त कार्यक्रममा जनप्रगतिशिल मञ्च नजिक रहेका सन्सार भरिका नेता तथा सकृय कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा प्रवास सम्न्वय समिती अन्तर्गत रहेका ६ वटै क्षेत्रका अध्यक्ष र सम्योजकहरुबाट रिपोर्टिङ प्रस्तुत गरिएको थियो ।
कार्यक्राममा जन-समुहको उपलब्धिको रुपमा आएको संविधानको रक्षा गर्दै प्रतिगमनको बिरुद्द एक जुट हुनुपर्ने बिचार प्रस्तुत गरिएको थियो ।
आगामी निर्वाचनमा गठबन्धनको पक्षमा मतदान गराउन र विजय गराउन भूमिका खेल्नु पर्ने,सरकारमा रहदा एउटा र वाहिर रहदा अर्को भाषा बोल्ने राजनैतिक बेइमानी विरुद्ध लाग्नु पर्ने र राष्ट्रियताको पक्षमा गम्भीर हुनुपर्ने आदि धाराणा मओवादिका निबर्तमान अध्यक्ष पुष्प कमल दाहाल प्रचन्डले ब्यक्त गर्नु भएको थियो ।
प्रवास समितीका कार्यलय सदस्य ईन्द्रराज भट्टराईको स्वागत मन्तब्य पछी कार्यक्रम को औपचारिक सुरुवात भएको थियो भने समितीका अध्यक्ष नेकपा माओवदी पोलिट बिउरो सदस्य ॐ शर्माको सभापतित्व रहेको थियो । संस्थाका सचिब टि.बि पाठकले कार्यकम सन्चालन गरेका थिए भने बिशेष अतिथीमा नेकपा माओबादीका उपाध्यक्ष एवम् प्रवास सम्न्वय समितीका इन्चार्ज नारायण काजी श्रेष्ठ थिए ।