न्यूयोर्क,
अमेरिकामा रहेका नेपाली रक्तदाताहरुको छाता संगठन ब्लड डोनर्स अमेरिकाले ९ दिने अमेरिकाव्यापी संयुक्त ब्लड ड््र्राइभ कार्यक्रमको आयोजना गरेको छ ।
१४औं विश्व रक्तदाता दिवस तथा ब्लड डोनर्स अमेरिका स्थापना दिवसको अवसर पारेर अमेरिकाका बिभिन्न १५ वटा राज्यहरुमा रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सतिशचन्द्र गुप्ताले जानकारि दिनुभयो । “सुरक्षित रगत म बाटै शुरु हुन्छ” भन्ने मुल मन्त्रका साथ संचालन गरिएको अभियान जुन ११ मा शुरु भइ जुन १९ मा समापन हुनेछ । जुन १४ लाइ विश्वभर रक्तदान दिवसको रुपमा मनाइन्छ । यो अभियानमा बिडिएलाइ नासिया र अन्य स्थानिय संघ संस्थाहरुले साझेदारी गरेका छन् । जुन ११ मा ओहायोको कोलम्बसबाट शुरु भएको अभियान साउथ क्यारोलिना, कोलोराडो, टेक्सास, म्यासाच्युसेट्स, आयोवा, फ्लोरिडा, एरिजोना, क्यालिफोर्नीया,इलिनोइ लगायतका राज्यहरुमा संचालन हुनेछ ।
“अमेरिकामा रगतको अभाव पुरा गर्न यो अभियानले महत्वपुर्ण भूमीका निर्वाह गर्नेछ, एकजनाले दान गरेको रगतले ३ जनाको ज्यान बच्न सक्छ” संयोजक गुप्ताले भने ।
बिडिएले अभियानमा सहभागी भै रक्तदान गर्ने समस्त अमेरिकाबासी नेपालीलाइ अनुरोध समेत गरेको छ । अमेरिकाको करिब ३० राज्यमा शाखा रहेको बिडिए एक गैरनाफमुलक संस्था हो ।