बद्रि तिमल्सिना, टोरोन्टो
टोरोन्टोको नर्थयोर्कमा रहेका नेपालीहरुले बचत समुह स्थापना गरि बचत गर्न शुरु गरेपछि यो अवधारणाले टोरोन्टोमा राम्रो प्रसंशा बटुलेको छ । आजको सानो बचत भविश्यको साहरा बन्ने हुनाले पछिल्ला दिनहरुमा नेपाली बहुल अन्य क्षेत्रमा पनि यसप्रति चासो बढेको हो । नर्थयोर्कमा बसोबास गर्ने महिला दिदिबहिनीको अगुवाइमा गतबर्ष क्यानडियन नेप्लिज डेभलपमेन्ट सेन्टरको स्थापना भएको थियो
एकबर्ष यता टोरोन्टोको अन्य क्षेत्रमा बासोबास गर्ने नेपालीहरुको पनि सहभागिता बढ्दै गएकोले नियमित बचत गर्ने अवधारणा प्रभावकारि बन्दै गएको संस्थाकी अध्यक्ष सीता संग्रौलाले जानकारि दिनुभयो । “नियमित बचत गर्नेको संख्या बढेको छ, यसले हामीलाइ धेरै उत्साहि बनाएको छ ।” वहाँले भन्नुभयो ।
अहिले यो संस्थाले स्थापनाको एकबर्ष पुरा गरेको छ । हालै सम्पन्न बार्षिक साधारणसभामा टोरोन्टो, मिसिसागा, ब्राम्प्टन, स्कारबोरो लगायत ग्रेटर टोरोन्टोका बिभिन्न स्थानबाट नेपाली प्रतिनिधिहरुको सहभागीता थियो ।
कार्यक्रममा प्रमुख अतिथि एनआरएनए क्यानडाका अध्यक्ष दिपक गौतमले दिदिबहिनीहरुले शुरु गरेको यस अभियानले समुदायभित्र बचत गर्ने संस्कारको बिकास गरेको र यसले साना लगानीमा व्यवसाय आरम्भ गर्न चाहने सदस्यलाइ राम्रो अवसर प्रदान गरेको बताए । कार्यक्रममा एनआरएनए क्यानडाका उपाध्यक्ष शैलेन्द्र चापागाइ, आइसिसि सदस्य अभिमन्यु बस्नेत, नेपाली रेडियो टोरोन्टोका संस्थापक अनिल थापा, एनआरएनए क्यानडाका पुर्वसल्लाहकार केदार बस्नेत, क्यानेडियन नेप्लिज महिला चौतारिकी अध्यक्ष अम्बिका ज्ञाबली, घरजग्गा व्यवसायी राज महत, लक्ष्मण सुवेदी लगायतले मन्तव्य व्यक्त गनुभएको थियो । बचतकर्ताहरु लक्ष्मण सुवेदि, हेमराज पाण्डे, सुमनराज कर्णिकार, राज महत लगायतको सक्रियतामा सम्पन्न साधारणसभा सम्पन्न भएको थियो । सीता संग्रौलाको अध्यक्षतामा गठित बचत संस्थाको उपाध्यक्ष कमला थापा, सचिव मन्जु पाण्डे, कोषाध्यक्ष राजु बास्कोटा, सदस्यहरु लक्ष्मण सुवेदी, प्रल्हाद सिलवाल र शान्ता थापा तथा सल्लाहकारहरुमा मदन मैनाली र जयराम गौतम रहनुभएको छ ।