लगानी बोर्डबाट दुई जलविद्युत आयोजनाको २६ अर्ब रुपैयाँ लगानी स्वीकृत

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत बन्ने तामाकोशी-५  र राहुघाट जलविद्युत् आयोजना निर्माणका लागि २५.९२ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ ।

सोमाबार बसेको लगानी बोर्डको बैठकले उक्त लगानी स्वीकृत गर्ने निर्णय गरेको बोर्डले जनाएको छ । १०० मेगावाटको तामाकोशी-५का लागि १६ अर्ब ४५ करोड ९८ लाख  र ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाका लागि ९ अर्ब ४७ करोड ३० लाख रुपैयाँको लगानी स्वीकृत गरेको बोर्डका सीईओ सुशील भट्टले जानकारी दिए ।

तामाकोशी-५ कर्मचारी सञ्चय कोष समेतको लगानीमा निर्माण हुन लागेको आयोजना हो । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाकोबाट विद्युत् उत्पादन भएपछि बाहिर निस्किएको पानी सुरुङमार्फत लगेर तामाकोशी-५ बाट विद्युत् उत्पादन गर्ने योजना छ ।