अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९-८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)पेश गरिरहेका छन् ।
आज अपराह्न ४ बजे बसेको संयुक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट पेश अनुमति दिएका थिए ।
यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी आवको बजेट पारित गरेको थियो । प्रतिनिधिसभाको बैठकले शनिबार सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो । साथै आर्थिक सर्वेक्षण पनि सार्वजनिक भएको थियो ।