बालेनले गरे सिस्डोल र बञ्चरेडाँडाको अवलोकन, महानगरको फोहोर व्यवस्थापन गर्ने अठोट

काठमाडौँका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले हिजो सिस्डोल र बञ्चरेडाँडा अवलोकन गरेका छन् ।

काठमाडौँमा फोहोरको समस्या रहेको बेला बालेनले फोहोर व्यवस्थापन गर्ने स्थल सिस्डोल र बञ्चरेडाँडाको अवलोकन गरेका हुन् । मेयरमा निर्वाचित भएसँगै आफ्नो धन्यवाद र्‍याली सम्पन्न गरेर ती स्थानको भ्रमण गरेका हुन् ।

अवलोकनको क्रममा फोहोरको समस्या दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने, खादा र माला नलाउने साथै अन्तर्वार्ता समेत नदिने बताएका छन् ।

काठमाडौँका विभिन्न स्थानमा फोहोर थुप्रिएको अवस्थामा निर्वाचित भएपछिको बालेनको यस्तो प्रतिबद्धताले प्रशंशा पाएको छ ।