नेपाल एयरहोस्टेस एकाडेमीका ५५ एयर होस्टेस दीक्षित (फोटोफिचर)

नेपाल एयरहोस्टेस एकाडेमीमा अध्ययनरत १६, १७ र १८औँ व्याचका ५५ एयर होस्टेस दीक्षित भएका छन् ।

काठमाडौंको हात्तिसारमा भएको एक ग्राजुएसन समारोहमा उनीहरुले दीक्षित भएर प्रमाणपत्र पाएका हुन् । सात महिना पहिला एयर होस्टेस बन्ने सपना बुनेर नेपाल एयर होस्टेस एकाडेमीमा अध्ययन गर्न आएका उनीहरुको विमान परिचारिका बन्ने सपनाले बाटो पाएको छ । विगत ७ महिनाको अथक प्रयासपछि उनीहरु विमान परिचारिकाको रोजगारीको लागि सक्षम बनेका नेपाल एयर होस्टेस एकेडेमीका डाइरेक्टर रेजिना तुलाधरले जानकारी दिनुभएको छ ।

विमान परिचारिका आफैंमा ग्ल्यामर तथा आर्कषक पेशा हो । आकाशमा उड्ने यो पेशा रोमाञ्चक भएजतीकै जिम्मेवारीपुर्ण भएकाले यस पेशाको आकर्षण बढ्दो छ ।
ग्राजुएसन समारोहमा नेपाल एयर होस्टेस एकाडेमीका चिफ इन्सटक्टर गौरी कला थापा, भारतीय मूलकी अन्तर्राष्ट्रिय विमान परिचारिका सञ्चिता नेपाली, पर्सनालिटी प्रशिक्षक रोजिन शाक्य तथा सँस्थाका अध्यक्ष प्रदीपराज वन्तको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्र तथा हरेक व्याचका उत्कृष्ट विद्यार्थीलाई मेडलसमेत प्रदान गरिएको थियो । संस्थाका डाइरेक्टर रेजिना तुलाधरले सञ्चालन गर्नु भएको कार्यक्रममा अतिथिहरुले विमान परिचारिका जस्तो महत्वपूर्ण क्षेत्रमा लगानी गरेर युवाहरुलाई शिक्षा प्रदान गर्नु आफैँमा महत्वपूर्ण रहेको भन्दै प्रसंसा गरेका थिए ।

क्षणभरमा एक ठाउँबाट अर्को ठाउँको हावापानी, सँस्कृतिक र सामाजिक वातावरणको अनुभव गर्न पाउनु यो पेशाको अर्को आकर्षण हो । त्यसमाथि उचित सेवा सुविधा पनि पाइने पेशा हो विमान परिचारिका ।

पढ्नुपर्ने विषयमा विमानको इतिहास र प्रकार, यात्रु सुरक्षा, यात्रु सत्कार , फायर फाइटिङ रहेको छ । यस्तै उक्त विषय पढ्दा विभिन्न विषयवस्तुलाई फोकस गरिन्छ, जस्तै ड्रेस र मेकअप, फुड सर्भिस, प्राथमिक उपचार विधि, व्यक्तित्व विकास, आत्मरक्षा, पौडीलगायतका विषयलाई बढी प्रार्थमिकताका साथ शिक्षा प्रदान गरिन्छ ।

उनीहरुले विमानस्थल, विमान कम्पनी, एयरपोर्ट लन्च, ग्राउन्ड होस्टेस, कर्पोेरेट कार्यालय, ट्राभल एजेन्सीलगायत विभिन्न कार्यालयमा फ्रन्ट डेक्समा सजिलै काम गर्न सक्नेछन् । विमान परिचारिका भइ सकेपछि विभिन्न कामहरु गर्नु पर्ने हुन्छ । जस्तै, यात्रुको सत्कार गर्ने, यात्रुलाई सुरक्षाको अनुभूति दिलाउने, यात्रुको कमाण्ड लिने, यात्रुलाई अप्ठ्यारो समयमा सान्त्वना दिने, सूचना प्रवाह गर्ने, मौसमसम्बन्धी जानकारी दिने, परिचयपत्र चेकजाँच गर्ने गर्नुपर्छ। राष्ट्र्रिय उडानमा मासिक न्यूनतम ३० हजारदेखि ८० हजारसम्म कमाइ हुन्छ भने अन्तर्राष्ट्रिय उडानमा मासिक एक लाखदेखि दुई लाख रुपैयाँसम्म पनि कमाइ हुने जनाइएको छ ।

नेपाल एयर होस्टेस एकेडेमीका डाइरेक्टर रेजिना तुलाधरले एयर होस्टेसलाई नेपालमा मात्रै नभई विदेशमा समेत रोजगारीको अवसर रहेको जानकारी दिनुभयो ।