काठमाडौँ महानगरमा अब ३७ हजार मत गणना गर्न बाँकी, बालेनलाई १९ हजार मतको अग्रता

काठमाडौं महानगरपालिकामा १ लाख ५३ हजार ३०० मतगणना सकिँदा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजारभन्दा बढी मत प्राप्त गरेका छन् ।

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार उनले ५० हजार ७५० मत प्राप्त गरिसकेका छन् ।

उनलाई पछ्याईरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३१ हजार ७३१ मत प्राप्त गरेकी छन् । सिर्जनाले भन्दा बालेनले १९ हजार १९ बढी मत प्राप्त गरेका छन् ।

काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका केशव स्थापितले हालसम्म ३१ हजार ४४ मत प्राप्त गरेका छन् । यस्तै अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ८ हजार ९८२ मत ल्याएका छन् ।

आयोगका अनुसार अब काठमाडौं महानगरपालिकामा ३७ हजार ७५१ मत गणना गर्न बाँकी रहेको छ । काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार ५५ मत खसेको थियो ।