जनकपुरधाम उपमहानगर: स्वतन्त्र उम्मेदवार साहको अग्रता

जनकपुरधाम उपमहानगरपालिकाको मतगणना जारी रहेको छ ।

जारी मतगणना अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह अग्रस्थानमा छन् । उनले ७ हजार २६९ मतसहित अगाडि रहेका छन् । उनलाई एमालेका उम्मेदवार शिवशंकर साहले ५ हजार ३१ मत ल्याएर पछ्याइरहेका छन् । त्यसैगरी, लोसपाका मनोज चौधरीले २ हजार ७६५ मत ल्याएर तेस्रो रहेका छन् ।

त्यस्तै, उपमेयरमा गठबन्धनकी उम्मेदवार किशोरी साहले ८ हजार ५०८ मत ल्याएर अग्रता राखेकी छिन् । उनलाई एमालेकी उम्मेदवार रुना झा ५ हजार ७६० मतसहित दोस्रो स्थानमा रहेकी छिन् ।