स्थानीय निर्वाचन : हालसम्म २९ हजारभन्दा बढी प्रतिनिधि निर्वाचित

३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणनाबाट हालसम्म २९ हजार ३०३ जनप्रतिनिधि निर्वाचित भएका छन् ।

बिहीबार पत्रकार सम्मेलन आयोजना गरी निर्वाचन आयोग नेपालका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो कुरा जानकारी गराएका हुन् ।

हालसम्म देशको ५ सय ७० स्थानीय तहको नतिजा प्रकाशित भएको उनले बताए । जसमा प्रमुख १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, वडाध्यक्ष ५ हजार ६५९, महिला सदस्य ५ हजार ६५३, दलित महिला सदस्य ५ हजार ५५६ र वडा सदस्य १ हजार २९५ जना निर्वाचित भएका छन् ।

स्थानीय तहको विभिन्न पदहरुमा गरी ३५ हजार २ सय २१ जना जनप्रतिनिधि निर्वाचित हुने व्यवस्था रहेको छ ।

निर्वाचन सम्पन्न भएको एक हप्ता बितिसक्दा पनि गणनामा ढिलाइ हुँदा मतपरिणाम आउन अझै केही दिन लाग्ने अनुमान गरिएको छ ।