भरतपुर महानगर: ९ नम्बर वडामा एकीकृत समाजवादीको जित

भरतपुर महानगरपालिकाको वडा नम्बर ९ मा नेकपा एकीकृत समाजवादी विजयी भएको छ ।

एकीकृत समाजवादीका यमलाल कडेलले १ हजार ९ सय ५८ मतसहित वडा अध्यक्ष विजयी भएका हुन् । वडा नम्बर ७ मा पनि समाजवादीले जितेको छ । बिहीबार सम्पन्न वडा नम्बर ७ को मतगणना अनुसार एमालेका लिलाबल्लभ भुसालले १ हजार ४ सय ६ मत पाएका हुन् ।

अहिले वडा नम्बर १ र १० को मतगणना जारी रहेको छ ।