हेटौँडा उपमहानगरमा राप्रपालाई अग्रता

हेटौँडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयरका उम्मेदवार दिपकबहादुर सिंहले अग्रता कायमै राखेका छन् ।

उनले हालसम्म ८ हजार ६ सय ९३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्दी गठबन्धन (एकीकृत समाजवादी) की मीना कुमारी लामाले ८ हजार ३ सय ५३ मत प्राप्त गरेकी छिन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ६ हजार ८ सय ५३ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।

उपमेयरमा भने गठबन्धन (नेपाली कांग्रेस) का उम्मेदवार राजेश बानियाँले ठूलो मतान्तर बनाउँदै अग्रता कायम गरेका छन् ।