भरतपुर महानगरपालिकाको मेयरका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले कांग्रेसका शीर्ष नेताको दबाब र चेतावनीका बाबजुद आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन् ।
पौडेलले नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा उम्मेदवारी दिएका हुन् । उनलाई मनाउन गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन गएका थिए।
गठबनधनले भरतपुर महानगरमा माओवादी केन्द्रलाई मेयरको उम्मेदवारी दिने निर्णय गरेसँगै रुस्ट बनेको चितवन कांग्रेसले बागी उम्मेदवार उठाएको थियो । पूर्व सांसद समेत रहेका नेता पौडेलले त्यसको विरुद्ध उम्मेदवारी दिएका थिए । गठबन्धनमा धक्का पुग्ने भन्दै प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पौडेलको उम्मेदवारी फिर्ता गराउन कांग्रेस नेता बालकृष्ण खाँणलाई चितवन पठाएका थिए ।
पौडेलले उमेद्वारी कायमै राख्ने भएपछि उनलाई फकाउने देउवाको प्रयास असफल भएको छ ।