फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँमाथि गोलभेडा प्रहार भएको छ । आइतबार पुनः निर्वाचित भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका म्याक्रोँमाथि गोलभेडा प्रहार भएको हो ।
राष्ट्रपति चुनावमा आफ्नो विजयपछि म्याक्रोँले फ्रान्सेली जनतालाई अभिवादन गरिरहेका बेला एउटा भीडबाट उनलाई गोलभेडा प्रहार गरिएको थियो ।
राष्ट्रपतिलाई प्रहार गरेको गोलभेडा उनलाई नलागी उनका सुरक्षाकर्मीलाई लागेको थियो । गोलेभडाले लागेपछि ती सुरक्षाकर्मीले ‘प्रोजेक्टाइल’ भनेर चिच्याएका थिए ।
तत्काल सुरक्षा अधिकारीहरूले म्याक्रोँलाई चारै दिशाबाट घेरेका थिए । उनीहरूमध्ये एक जनाले एउटा विशेष झन्डा खोलेर म्याक्रोँलाई ढाकेका थिए ।