सामाजिक सञ्जाल ट्विटरको सञ्चालक समितिले ४४ अर्ब अमेरिकी डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलन मस्कको प्रस्तावमा सहमत जनाएको छ ।
मस्कले दुई साताभन्दा कम समयअघि सबैलाई चकित पार्दै ट्विटरको बोली लगाएका थिए ।
सन् २००६ को मार्चमा यसको स्थापनापछि, ट्विटरले २१ करोड ७० लाख दैनिक सक्रिय प्रयोगकर्ताहरू जम्मा गरेको छ । ती मध्ये ८० प्रतिशत भन्दा बढी संयुक्त राज्य अमेरिका बाहिरका रहेका छन् ।
हालको अवस्थामा ट्विटरमा “व्यापक सम्भावना“ रहेको र ती सम्भावनाका ढोकाहरुलाई आफूले खोल्ने मस्कले बताएका छन् ।उनले नक्कली खाताहरूलाई हटाउने तथा कैयौ प्रतिबन्धहरूलाई खुकुलो पार्नेसम्मका धेरै परिवर्तनहरूका लागि पनि आह्वान गरेका छन् । कम्पनीले सुरुमा मस्कले लगाएको बोलीलाई अस्वीकार गरेको थियो ।
फोर्ब्स पत्रिकाका अनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनको अनुमानित सम्पत्ति २७३।६ अर्ब डलर रहेको छ । उनि विद्युतीय सवारीसाधन निर्माता टेस्ला कम्पनीको मुख्य शेअरधनी छन् ।