फ्रान्समा राष्ट्रपति निर्वाचनको अन्तिम चरणको मतदान २४ अप्रिल, आइतबार हुँदैछ । यसपटक राष्ट्रपति पदका लागि इमानुएल म्याक्रोन र मरिन ले पेनबीच प्रतिस्पर्धा हुदै छ ।
२०१७ मा पनि यी दुई उम्मेदवारहरू बीच प्रतिस्पर्धा भएको थियो । त्यतिबेला म्याक्रोन मेरिनलाई हराएर राष्ट्रपति बनेका थिए ।
यस पटकको चुनावमा फ्रान्सका मुद्दासँगै रुस–युक्रेन युद्धको प्रभाव पनि देखिएको छ ।
म्याक्रोनको रुस विरोधी अडानलाई फ्रान्सेली जनताबाट समर्थन मिलिरहेको छ । चुनावी दौडमा उनले अग्रता हासिल गरिरहेको पछिल्ला पोलहरुले देखाएका छन् ।
म्याक्रोनले रुस युक्रेन युद्धमा युक्रेनलाई खुलेर समर्थन गरिरहेका छन् । त्यसैगरी, उनी हिजाब र मुस्लिम शरणार्थीहरूलाई शरण दिने कुरामा पनि उदारतावादी छन् ।
मरीनले चुनाव जितेमा मुस्लिम महिलालाई हिजाब लगाउन प्रतिबन्ध लगाउने वाचा गरेकी छन् । म्याक्रोनले यसको विरोध गरेका थिए । यसो गर्नाले देशमा गृहयुद्ध हुन्छ । “पश्चिमी युरोपमा फ्रान्समा सबैभन्दा बढी मुस्लिम जनसंख्या छ । यस्ता निर्णयले देशलाई गृहयुद्धतर्फ धकेल्छ”, भन्छन् म्याक्रोन ।
अप्रिल १५ देखि १८ सम्म भएको पोलका अधारमा म्याक्रोनले ५४ प्रतिशत मत पाउने बताइएको छ भने मरिनले ४६ प्रतिशत मत पाउने बताइएको छ ।
यस अघि भएको पहिलो चरणको निर्वाचनमा कुनै उम्मेदवारले ५० प्रतिशत मत नपाएपछि धेरै मत पाउने दुई उम्मेदवार म्याक्रोन र मरिन दोस्रो चरणको प्रतिष्पर्धामा भिड्न लागेका हुन् ।