राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीलाई भेट गर्ने भएका छन् । महासचिव गुटरेसले मंगलबार राष्ट्रपति पुटिनलाई मस्कोमा भेट्नेछन् ।
पुटिनसँगको भेटपछि महासचिव गुटरेसले बिहीबार किभमा युक्रेनी राष्ट्रपति पुटिन र विदेशमन्त्री दिमित्रो कुलेबासँग भेट गर्नेछन् ।
युक्रेन युद्ध अन्त्यका लागि राष्ट्रसंघमाथि चर्को दबाब छ । रुस र युक्रेन दुबै राष्ट्रसंघका संस्थापक सदस्यहरू हुन् ।