रोनाल्डोका नवजात जुम्ल्याहामध्ये एकको निधन

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको छ ।

म्यानचेस्टर युनाइटेड तथा पोर्चुगिज फरवार्ड रोनाल्डोले सोमबार राति सामाजिक संजालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको बताएका हुन् ।

जुम्लाहामध्ये छोरी बाँचेकाले आफूहरूलाई केही आशा र खुशी मिलेको बताएका छन् । ‘दुई मध्ये छोरी बाचिन्, यसले हामीलाई केही आशा र खुशीका साथ बाँच्न बल दिएको छ’, रोनाल्डोले आफ्नो ईन्स्टाग्राममा लेखेका छन् ।
३७ वर्षीया रोनाल्डोका यसअघि चार सन्तान छन्