अमेरिकामा रहेको नेपाली स्टोर मल्कोको मोबाइल एप शुरु

आफ्नो वेवसाइट मार्फत २०२० मा महामारी सुरु भएदेखि नै आफ्ना लक्षित ग्राहकहरूलाई उत्कृष्ट नेपाली उत्पादनहरू प्रदान गर्दै आएको अमेरिकामा रहेको नेपाली स्टोर मल्कोको पहुँच, अर्डर र डेलिभरीकालागि मोबाइल एप शुरु भएको छ ।

मल्को स्टोर एक नेपाली अनलाइन स्टोर हो जसको स्थानीय आउटलेट लुईशभिल, टेक्सासको म्युजिक सिटी मल भित्र अवस्थित छ । स्टोरमा विभिन्न प्रकारका दैनिक वा विशेष अवसरका लागि प्रयोग गर्न सकिने नेपाली उत्पादनहरू सजिलै पाउन सकिन्छ ।

मल्को अमेरिकामा बसोबास गर्ने नेपाली र नेपाली उत्पादनहरूमा रुचि राख्ने अमेरिकीहरूले अमेरिकाको जुनसकै भागबाट आफ्ना स्मार्टफोनमार्फत पहुँच गर्न सक्ने सनिुनिश्चित गरिएको छ । मल्कोमा नेपालका टप ब्रांड प्याकेज्ड नेपाली चाउचाउ, चिउरा, अचार, मरमसला साथसाथै नेपाली भाडा, पुजा समाग्री र सीजनल र ट्रेडिशनल नेपाली पोशाक उपलब्ध छ ।

“मल्को एप सबै नेपाली अमेरिकीहरूका लागि एक हो”, मल्कोका सीइओ प्रतीक सुवेदीले बताए।

मल्को एक मात्र अनलाइन स्टोर हो, जहाँ अमेरिकामा १२०० भन्दा बढी नेपाली उत्पादन र किराना सामानहरू उपलब्ध छन् । मल्को एप मार्फत ६९ डलरभन्दा माथि का अर्डर गर्दा निशुल्क ढुवानी र डेलिभरीको सुबिधा पाईनेछ । मल्कोले सयुंक्त राज्य अमेरिकामा लगभग २००,००० नेपालीहरूको जनसंख्या तथा नेपाली खाना र उत्पादनहरू उपभोग गर्न चाहने विश्वव्यापी जनसंख्यालाई लक्षित गर्दछ।

मल्को मोबाइल एप प्राप्त गर्न एप्पल प्रयोगकर्ताहरू http://apple.co/3I0alpl मा र एन्ड्रोइड प्रयोगकर्ताहरू http://bit.ly/googlemallko मा  जानुपर्नेछ । प्रमुख मोबाइल प्लेटफर्महरूमा उपलब्ध भएको मल्कोले आफ्नो वेवसाइट  www.mallko.store र एपबाट अर्डर लिन जारी राख्नेछ ।