मारिउपोलमा रुसी आक्रमणः १० हजारभन्दा बढी सर्वसाधारणको मृत्यु

युक्रेनको मारिउपोलका मेयरले शहरमा रुसी आक्रमणमा १० हजारभन्दा बढीको मृत्यु भएको बताएका छन् । मेयर वेदिम बोयाशेन्कोले सडकहरू लाशले भरिएको बताएका छन् ।

उनले मारिपोलमा अझै १ लाख २० हजार मानिस फसेको बताए । यी मानिसहरूलाई खाना, पानी र औषधिको तत्काल आवश्यकता रहेको उनले बताए ।

रुस युक्रेनको राजधानी कीभबाट पछि हटेपनि युक्रेनको पूर्वी भागमा फेरि एकपटक आक्रमण शुरु गरेको छ । न्यूयोर्क टाइम्सका अनुसार रुस र युक्रेन दुवैका सेनाहरू पूर्वी भागमा परिचालन भइरहेका छन् । आसन्न खतरा महसुस गर्दै हजारौं सर्वसाधारणले क्षेत्र छोडेका छन् ।