रुसद्वारा युक्रेनको अर्को क्षेत्रीय प्रशासन भवनमा क्षेप्यास्त्र प्रहार

रूसी सेनाले युक्रेनस्थित माइकोलेभ ओब्लास्टको क्षेत्रीय राज्य प्रशासन भवनमा क्षेप्यास्त्र प्रहार गरेका छन्।

प्रायजसो कर्मचारीहरू बाहिर निस्कन सफल भएको बताईएको छ । उद्धारकर्मीहरूले भग्नावशेषमुनि रहेको अनुमान गरिएका आठ जना नागरिक र तीन जना सैनिक कर्मचारीहरूको खोजी गरिरहेका छन्।

यसअघि १ मार्चमा पनि खार्किभमा रहेको क्षेत्रीय प्रशासन भवनमा क्षेप्यास्त्र प्रहार भएको थियो ।