कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ हेर्न जाने दर्शक आफ्ना परिवार वा साथीभाइ संग बस्न पाउने भएका छन् ।
हय्या पोर्टलका अनुसार प्रतियोगिताको लागि एक व्यक्तिले १० जना सम्मलाई निमन्त्रणा दिन पाउनेछन् । त्यसका अलवा दर्शकले बस्नका लागि होटल, अपार्टमेन्ट, भिला, फ्यान भिलेज ,क्रूज जहाज रोज्ने विकल्प पनि पाउनेछन् ।
साथीभाइ संग बस्न इच्छुक व्यक्तिले विश्वकप हेर्न टिकट खरिद गरिसकेपछि अनिवार्य हय्या कार्ड बनाउनुपर्नेछ । अन्य देशबाट आउने दर्शकले उक्त कार्ड बिना कतार प्रवेश गर्न पाउने छैनन् ।
हय्या कार्डले अन्तर्राष्ट्रिय फ्यानहरूका लागि कतारमा प्रवेश, म्याच टिकट सहित स्टेडियमको प्रवेश, खेलका दिनमा सार्वजनिक यातायातमा पहुँच र ह्याया एप मार्फत स्मार्ट यात्रा योजना प्रदान गर्नेछ ।
फिफा विश्वकप २०२२ नोभेम्बर २१ देखि १८ डिसेम्बर सम्म कतारमा हुने तय गरिएको छ।