काठमाडौंमा जारी गैर आवसीय नेपाली संघको १० औं महाधिवेसनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै एनआरएनए का अध्यक्ष कुमार पन्तले निवर्तमान संरक्षक शेष घलेले राखेको प्रस्तावलाई अस्विकार गरेको बताएका छन् ।
१ सय जना बिच प्रतिनिधि भित्र मात्रै मतदान प्रक्रिया अपनाएर नेतृत्व चयन गर्ने घलेले राखेको प्रस्ताव अस्विकार गरेको उनको भनाई छ।
एनआरएनएका पूर्वअध्यक्ष भवन भट्टले संस्थापक अध्यक्ष उपेन्द्र महतोको पालामा एनआरएनए सत्ययूगमा रहेको र अहिले कलियुगमा प्रवेश गरेको तर्क गरेका छन् । यद्दपी संस्था पवित्र उदेश्यका साथ अघि बढेकाले विचलित नभइकन एकताका लागि पहल गर्न उनले आब्हान गरेका छन् ।
यस्तै एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउने अभियानमा एकताको बिकल्प नरहेको बताएका छन् । आफुलाई कसैको अन्डरमा काम गर्न आपत्ति नभएको भन्दै उनले इगो राखेर संस्था टिक्न नसक्ने बताएका छन् ।
शेष घलेबाहेक सबै पुर्व अध्यक्षहरु उपस्थित भएको सो कार्यक्रम काठमाडौंमा जारी छ ।




