एनआरएनएको आगामी निर्वाचनमा तीन हजार ९८ मतदाता सहभागी

गैर आवासीय नेपाली संघको मार्च २४ र २५मा हुने निर्वाचनमा तीन हजार ९८ जना मतदाताले मात्र सहभागी हुन पाउने भएका छन् ।

संघको निर्वाचन समितिले आइतबार विज्ञप्ति जारी गर्दै परिचय नखुलेका र सेल्फी नलिएका मतदातालाई मतदाता नामावलीबाट हटाइएको जनाएको छ । यसअघि निर्वाचन समितिले ३ हजार ५ सय ९० जनाको नाम सार्वजनिक गरेको थियो ।

संघको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष लगायतका पदमा मतदान हुँदैछ । अध्यक्ष पदमा डा बद्री केसी र रविना थापाको उमेद्वारी परेको छ ।