एमालेले बतासलाई कौडीको भाउमा नारायणहिटी सुम्पियो: आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आगामी निर्वाचनमा एमालेले ठूलो पराजय व्यहोर्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा गौरीशंकर च्छोरोल्पा मिडियाको दोश्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले आगामी निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने दाबी गरेको एमालेले ठूलो पराजय व्यहोर्नुपर्ने बताएका हुन् । त्यस्तै उनले आफुलाई एकीकृत समाजवादीले निकै ठूलो जिम्मेवारी दिएको भन्दै आफु मन्त्री पदमा रहुन्जेल कसैको शीर निहुरन नदिने प्रतिवद्धता व्यक्त गरे।

उनले एमाले सरकारको पालामा बतासलाई कौडीको भाउमा नारायणहिटी र पशुपति धर्मशाला दिएको भन्दै यसको जवाफ वैशाख ३० गतेको निर्वाचनबाट पाउने धारणा राखे।