प्रकाश सपुतको नँया गीत ‘पिर’: के यहि हो नेपाली समाजको वास्तविकता ?

प्रकाश सपुतले हिजो मात्रै आफ्नो नयाँ गीत पिर सार्वजनिक गरे । सदाझै उनले यस गीतमा पनि आम जनताको मन जित्ने बिषयलाई अगि सारेका छन् । यस गीत र भिडियो मार्फत सपुतले १० बर्ष लामो जनयुद्धमा भाग लिएका जनमुक्ति सेनाका दुःखलाई दर्साएका छन् ।
भिडियोमा जनयुद्धका घाइते र उनकी श्रीमतीलाई दैनिकी बिताउन धौधौ परेको देखाईएको छ । दुःख सहन नसकेर श्रीमती विदेश जान बाध्य हुन्छिन् । भिडियोमा अर्की जनयुद्धकी घाइते युवती शरीर बेचेर जीवन चलाउन बाध्य भएकी छन्। गीतमा आफुसगैँ जनयुद्धमा सरिक मानिसहरु अहिले अगाडि पछाडि सुरक्षाकर्मी खटाएर चिल्लो सेतो गाडि चड्दा उनिहरु भने दुखका दिन कटाइरहेका छन् ।

समाजको यथार्थलाई समेटेर बनेको गीत भएपनि माओवादी केन्द्रका कार्यकर्ताले गीतको बिरोध गर्दै युट्युबबाट हटाउन भनेका छन् ।बर्षौ अघि युद्धमा होमिन तयार भएका महिला ज्यान पाल्न कठिन भएकै भरमा देह बेच्दैनन्, भिडियोमा गरिएको महिलाको यस्तो चित्रणले महिलालाई नराम्रो दर्जामा राखेको उनीहरुको बिरोध छ । उनीहरुले गीतमा देखाईएको जस्तै एक योद्धा भएर देह व्यापार गर्छिन् भन्ने कुराको बिरोध गर्दै गर्दा नेपाली समाजमा पेट पाल्नकै निमित्त कयैँ महिलाले देह व्यापार गर्न परेको कुरा भुसुक्कै बिर्सिएको देख्न सकिन्छ ।

माओवादी केन्द्रका कार्यकर्ताले गीतको बिरोध गरे पनि जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले भने गीतले सत्यता झल्काएको भन्दै सपुतको समर्थन गरेका छन् ।

कुनै गीत तथा सर्जकको बिरोध भएको भने यो पहिलो पटक होइन, यो भन्दा अगाडि पशुपति शर्माको “लुट्न सके लुट” नामक गीतको पनि चौतर्फि बिरोध भएको थियो ।