आकाङ्गक्षा पाठकले न्यु योर्क फेशन वीकमा ‘र्याम्प वाक’ गर्ने पहिलो १८ बर्षीय बनेर गिनिज वर्ल्ड रेकर्ड्समा आफ्नो नाम लेखाएकी छन् ।
NYFW रनवे शो र प्रस्तुतीकरणहरूको द्वि-वार्षिक कार्यक्रम हो जसले अर्को फेसन सिजनको लागि डिजाइनरहरूको संग्रहलाई हाइलाइट गर्दछ।यस वर्षको शोमामा विश्वभरका १००० मोडेलहरूमध्य ३२ मोडलहरू छानिएका थिए । पाठक यस वर्ष को रन्वेमा हिँड्ने एक मात्र एसियाली र समग्रमा सबैभन्दा कान्छो व्यक्ति हुन्।
न्यु योर्क फेशन वीकको रन्वेमा हिड्ने आफ्नो सपना रहेको र आफ्नो देशको प्रतिनिधित्व गर्न पाँउदा धेरै खुसी भएको उनले बताइन् । नेपालमा जन्मिएकी उनी हाल अमेरिकाको टेक्सासमा बस्दै आएकी छन् ।
पाठक TGIF नेपाल फेसन विकमा पनि सहभागी भइसकेकी छन् । उनले २०२०मा सोलुखुम्बुको काला पत्थरमा कासा को आयोजनामा माउण्ट एभरेष्ट फेसन रनवेका लागि मोडलिङ पनि गरेकी छिन् ।