एमसिसीबारे छलफल गर्न प्रतिनिधि सभाको बैठक सुरु, एमालेका सांसदद्वारा विरोध

२ घण्टा ढिला गरि सुरु भएको प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल सुरू भएको छ।

एमाले संसदीय दलका नेता केपी शर्मा ओलीसहित सांसदहरूले वेल घेरेर, नाराबाजी गरेर विरोध कायमै राखेका छन्।

अरू सांसदले नाराबाजी गरिरहेका बेला एमाले सांसद भीम रावलले भने छलफलमा भाग लिएका छन्।
रोष्ट्रममा गएर बोल्दै रावलले एमसिसी सम्झौता संसदबाट पारित गर्न नहुने बताएका छन्। उनले एमसिसी सम्झौता पारित गर्ने सरकार इतिहासमा राष्ट्रघातीका रूपमा दर्जा हुने दाबी गरे।