एमसीसी–सम्झौताविरुद्ध संसद बाहिर रहेका राजनीतिक दलहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
संसद बाहिर रहेका विभिन्न राजनीतिक दल, विभिन्न संघसंस्था र अभियानहरुको मोर्चा संयुक्त जनआन्दोलनले एमसीसीको विरोधमा बुधबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म विरोध प्रर्दशन गरेका हुन् । एमसीसी सम्झौतामा नेपालको कानूनभन्दा अमेरिका माथि हुने देखिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरुको भनाइ छ । उनीहरुले एमसीसी अमेरीकी सुरक्षा सैन्य रणनीतिसँग जोडिएको भन्दै राष्ट्रहित विपरित गरेको बताएका छन् ।
प्रदर्शनमा सहभागीहरुले एमसीसी सम्झौता खारेज गर, गो ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप बन्द गर लगायतका नारा लगाएका थिए । नेकपा (माले), नेकपा (संयु्््क्त), नेपाल कम्युनिष्ट पार्टी, संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा, लगायत विभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।
एमसीसी पास गर्ने या नगर्ने भन्ने सम्बन्धमा राजनीतिक दलहरुबीच पनि सहमति जुट्न नसक्दा अघि बढ्न सकेको छैन ।