नेपाली खेल क्षेत्रको सुधारका लागि यस्तो नीति निर्माण

नेपाल खेलकुद महासंघका संयोजक पर्शुराम बस्नेतले खेलकुद क्षेत्रको नीति निर्माण गर्न पहलकदमी लिने बताएका छन् ।

मंगलबार काठमाडौंमा पदबहाली गर्दै बस्नेतले खेल क्षेत्रलाई सुधार गर्नुपर्ने भन्दै यसका लागि नीति निर्माण गर्न पहलकदमी लिने बताएका हुन् ।

उनले वर्षभरि गरेको प्रदर्शनका आधारमा खेलका सबै विधाहरुमा उत्कृष्ट हुने खेलकर्मी छनोट गरी नगदसहित सम्मान गर्ने बताए । त्यस्तै महासंघको अधिवेशनमा बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई नगदसहित सम्मान गर्ने उनले जानकारी दिए ।

सो अवसरमा यसअघिका संयोजक रमेश पौडेलले पद हस्तान्तरण गरेका थिए ।

पौडेल एमाले केन्द्रीय सदस्य मनोनित भएपछि संयोजकको जिम्मेवारी बस्नेतले पाएका हुन् ।