एनआरएन एनसीसी अमेरिकाको बैठक सम्पन्न, के विषयमा भयो छलफल ? (पूर्णपाठ सहित)

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको भर्चूअल बैठक सम्पन्न भएको छ । फ्लोरिडा राज्यको ओर्लाण्डो सहरमा बसेको बैठकमा संस्थाले विगतमा गरेका कामहरुको समीक्षा तथा भावी योजनाहरू तय गर्दै सम्पन्न भएको हो ।

वर्तमान कार्यकालको ६ महिना पश्चात् भौतिक रूपमा गर्न लागिएको बैठक कोरोना भाइरसको कारणले गर्दा अनलाइन गरिएको थियो। बैठकमा अध्यक्ष बुद्धि सागर सुवेदी र महासचिव अन्जन कुमार चौलागाईंले एनसीसी तथा यस अन्तर्गत रहेका क्षेत्र र च्याप्टरहरुले विगतमा गरेका कार्यहरू तथा आगामी दिनमा गर्नु पर्ने कार्यक्रमहरुका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका आर्थिक गतिविधिहरुको बारेमा कोषाध्यक्ष राजीव श्रेष्ठले प्रकाश पारेका थिए ।

बैठकमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका अध्यक्ष बुद्धि सागर सुबेदीले सन् २०२२ भित्र एनआरएनए अमेरिकाको भवन निर्माणका लागि कार्यालय भवन खरिद गर्ने प्रतिबद्धता जनाएको थिए । उनले आफ्नो कार्यपत्रमा भवन खरिदलाई विशेष महत्त्व दिँदै ठोस रूपमा काम अगाडि बढाउने उल्लेख समेत गरे ।

बैठकमा वरिष्ठ उपाध्यक्ष कृष्णजिवी पन्त, उपाध्यक्षहरु दिक्षा बस्नेत, सुमन थापा, विकास उप्रेती, गोपेन्द्र भट्टराई र दिलु पराजुली, महिला संयोजक सुन्दरी गुरुङ, युवा संयोजक त्रिभुवन पाण्डेले आफू मातहत रहेका समिति तथा टास्कफोर्सका गतिविधिहरुको जानकारी प्रदान गरेका थिए।

General-Secretary-Report-Final-01292022