स्टार स्कलर्स नेटवर्कले लोकतन्त्र बलियो पार्न अल्पसंख्यक अमेरिकी नागरिकहरुलाई जागरूक पार्ने अभियानको सुरुवात गरेको छ।
यही शनिवार नेपाली समाज टेक्सास लगायतको आयोजनामा लोकतन्त्रमा अल्पसंख्यकको अधिकार विषयक अन्तरक्रिया आयोजना गरिएको हो ।
संस्थाका अध्यक्ष प्रा डा उत्तम गौलीका अनुसार १७,००० बढी शोधकर्ताहरुको विश्वव्यापी सञ्जाल स्टार स्कलर्स नेटवर्कले स्थानीय तहदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा समेत जनजागरणको कार्यहरु गर्दै आइरहेको छ।
आगामी श्रृंखलामा नेपाली सिनेमा जगतका सुपरस्टार राजेश हमाल विशेष अतिथिका रुपमा सहभागी हुने आयोजकले जानकारी दिएका छन् । पहिलो र दोश्रो श्रृंखलामा भने वरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहभागिता रहेकोमा तेश्रो श्रृंखलामा हमालको सहभागिता हुने भएको हो ।
जनवरी २९ शनिबार न्यूयोर्क समय अनुसार बेलुका साढे ८ बजेदेखि साढे १० बजेसम्म हुने कार्यक्रममा विश्वका जुनसुकै कुनाबाट पनि सहभागी हुन सकिनेछ । कार्यक्रममा जुममार्फत सहभागी हुन सकिने र सहभागी पहिलो व्यक्ति नै कार्यक्रमको प्रमुख अतिथि हुने आयोजकले जानकारी दिएका छन् । गफगाफ र अन्तरक्रियाका रुपमा सञ्चालन हुने यो कार्यक्रममा हरेक सहभागीले सक्रिय रुपमा सभागिता जनाउन सक्ने जनाइएको छ ।