औषधि पसलमा विशेष अनुगमन, बजारमा भएकै हो सिटामोलको अभाव ?

काठमाडौंमा सिटामोल अभाव हट्दै गएको छ ।

मंगलबार काठमाडौं जिल्ला प्रशासन कार्यालयको अनुगमनका क्रममा विभिन्न औषधि पसलहरुमा सिटामोल अभाव नभएको पाइएको हो ।

अनुगमनका क्रममा औषधि बिक्रेताहरुले पछिल्लो समय सिटामोल पर्याप्त रुपमा आउन थालेको जानकारी दिएका थिए भने अनुगमन अधिकारीहरुले औषधि व्यवसायीहरुलाई सिटामोलको अभाव नहुने गरी बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । अनुगमन टोलीले काठमाडौंको त्रिपुरेश्वर बानेश्वर लगायतका क्षेत्रका औषधि पसलमा अनुगमन गरेको र सिटामोलको अभाव नदेखिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।

त्यस्तै अनामनगरको भाटभटेनीमा बच्चालाई दुध खुवाउने बट्टामा रिलेवलीङ गरेको गुनासोको आधारमा अनुगमन गर्दा सात वटा बोटलामा रिलेवलीङ गरेको पाइएको र जाँचका लागि बाणिज्यमा पठाइएको उनले बताए ।

उनले कोरोना नियन्त्रणका लागि लागू गरेको मापदण्डको निरन्तर अनुगमन हुने जानकारी दिए ।