टेकु अस्पतालका ५० भन्दा बढी कर्मचारी कोरोना संक्रमित, स्थगित खोप कहिलेदेखि हुन्छ सुरु ?

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान मंगलबारबाट पुन सुरु भएको छ ।

काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन भएको अस्पतालले जनाएको छ । आइतबार अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएकाले सोमबारदेखि एक हप्ताका लागि खोप अभियान स्थगन गरेको थियो ।

अस्पतालमा कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुस्टर डोज उपलब्ध गराउँदै आइएको थियो । अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउनेको भीड हुने गरेको छ ।