अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धाका लागि मरिससको टोली आइपुग्यो नेपाल, यसो भन्छन् प्रशिक्षक

दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न मरिससको टिम नेपाल आइपुगेको छ ।

पहिलो पटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न लागेको मरिसस टिमका खेलाडी र अफिसियललाई एन्फा पदाधिकारीले विमानस्थलमा स्वागत गरेका छन् । दशरथ रंगशालामा माघ १५ र १८ गते हुने खेलका लागि मरिससको टिम काठमाडौं पुगेको हो । टिम काठमाडौंको भिभान्ता होटेलमा बस्नेछ । मरिसस टिमको काठमाडौं पुगेपछि कोरोना परिक्षण हुनेछ, त्यसपछि उनीहरुको प्रशिक्षण तालिका राखिनेछ ।

खेल भन्दा पाँच दिन अगाडि नै काठमाडौं पुगेको मरिसस टिमसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टिम अहिले बन्द प्रशिक्षणमा रहेको छ । नेपालसँगको खेल मार्चमा हुने अफ्रिकन कप अफ नेशन्सको छनोटको तयारीका रुपमा मरिससले लिएको छ । नेपालसँगको खेल निकै कठिन हुने बताउँदै आफ्नो लक्ष्य राम्रो फुटबल खेलेर नेपाललाई राम्रो प्रतिस्पर्धा दिने रहेको प्रशिक्षकले बताए ।

नेपाल आएको मरिससको टिमका केही मुख्य खेलाडीमा कोभिड भएकाले टिमसँग छैनन् । यसका साथै अरु केही खेलाडी घाइते हुँदा नेपाल आएको छैनन् ।