बालकुमारी मन्दिरको ६ सय वर्ष पुरानो लिच्छवीकालीन मूर्ति चोरी

ललितपुर महानगरपालिका–२७ को सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति चोरी भएको छ ।

स्थानीयवासीबाट मूर्ति चारी भएको खबर थाहा पाउनासाथ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रदेशसभा सदस्य राजकाजी महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय एवम् प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरेको छ । बिहान करिब ३ देखि ४ बजेको समयमा चोरी भएको हुनसक्ने अनुमान गरिएको ललितपुर प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक सिद्धि बिक्रम शाहले जानकारी दिए । उनले व्यवसायिक रुपमा चोरी काम गर्ने व्यक्तिले मूर्ति चोरी भएको हुनसक्ने भन्दै थप अनुसन्धान भइरहेको जानकारी दिए ।

पाँच÷छ सय वर्ष पुरानो लिच्छविकालीन मूर्ति चोरी घटना अत्यन्त दुःखद भएको स्थानीयले बताएका छन् ।