अग्रपंक्तिमा खटिनेलाई कोरोनाविरुद्ध खोपको बुस्टर डोज दिन सुरु

अग्रपंक्तिमा खटिनेहरुका लागि काठमाडौं उपत्यकामा सोमबारबाट कोरोनाविरुद्ध खोपको बुस्टर डोज दिन सुरु गरिएको छ ।

काठमाडौंका १७ ठाउँमा सोमबारदेखि कोरोना भाइरसविरुद्ध खोपको बुस्टर मात्रा दिन सुरु गरिएको हो । तत्कालका लागि अग्रपङ्क्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ । त्यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ । आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइनेछ ।

यस्तै कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा कोरानाविरुद्धको खोप लगाउनेको संख्या बढेको छ ।