एजुकेशन सेन्टर अफ अष्ट्रेलियाको पार्टनर्स मिट सम्पन्न, तोकियो अर्को भेलाको मिति र स्थान

एजुकेशन सेन्टर अफ अष्ट्रेलियाको पाटनरस् मिट सम्पन्न भएको छ। लामो समयदेखि एजुकेशन सेन्टर अफ अष्ट्रेलियाका विभिन्न असोसियटेड युनिभर्सिटी, कलेज र इन्स्टिच्युटहरुमा विद्यार्थीहरु पठाउँदै आएका पाट्नरहरुलाई एकै स्थानमा राखी सेमी भर्चूअल मोडालिटीमा उक्त पार्टनर्स मिट आयोजना गरिएको हो।

काठमाडौंको याक एण्ड यती होटलमा आयोजना गरिएको उक्त पार्टनर्स मिटमा सिड्नीबाट भर्चूअल्ली जोडिँदै गरेका विभिन्न इसिए पदाधिकारी र काठमाडौंमा उपस्थित इसिए परिवार र पार्टनरहरुलाई संयुक्तरुपमा एजुकेशन सेन्टर अफ अष्ट्रेलिया इसिएका कन्ट्री मेनेजर हर्मित जिलले स्वागत मन्तव्य व्यक्त गरे । कार्यक्रमलाई अगाडि बढाउने सन्दर्भमा इसिएका असोसिएट डाइरेक्टर सेल्स रोडरीगो ज्युमएरियाजले इसिएअन्तर्गतका भिक्टोरीया युनिभर्सिटी, स्वेन्बर्न युनिभर्सिटी अफ टेक्नोलोजी, चाल्स् स्टेट युनिभर्सिटी, युनिभर्सिटी अफ क्यानबेरा, लण्डन मेट्रोपोलीटन युनिभर्सिटी र इसिए ग्रुप अन्तर्गतका एसिया प्यासिफिक इन्टरनेसनल कलेज, इएलयसआइयस इङ्लिस ल्याङ्ग्वेज स्कुल, इसिए ग्र्याजुएट इन्स्टिच्युट, इसिए कलेज, इसिए प्रोफेशनल यर, अष्ट्रेलियन कलेज अफ केयर लिडरसिप एण्ड मेनेजमेन्ट, इसिए इन्टर्नसिप, हायर एजुकेशन लिडरसिप इन्स्टिच्युट लगायतका शैक्षिक संस्थाले प्रदान गर्ने कोर्स, फिइस्ट्क्चर र सेवा सुविधाका बारेमा विस्तृत जानकारी गराएका थिए।

त्यसैगरी भर्ना सम्बन्धी थप जानकारी इसिएकी डाइरेक्टर अफ एड्मिसन्स् ली केण्डी डेभिड्सनले जानकारी गराएका थिए। प्रस्तुतिकै क्रममा साउथ एसियन मुलुकका विद्यार्थीहरूको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै एजुकेशन सेन्टर अफ अष्ट्रेलियाले प्रसिद्ध युनिभर्सिटी, कलेज र इन्स्टिच्युट लाई पार्टनर र विद्यार्थीहरूको सामू उपस्थित गराएको र भविष्मा पनि यस्ता अवसरहरूको निरन्तरता दिन प्रतिबद्ध रहेको सिनियर इन्टरनेसनल रिजनल मेनेजर सबकन्टिनेन्ट स्टेफेन होफमानले स्पष्ट पारेका थिए ।
त्यसैगरी इसिए ग्रुपका सिइओ रूपेश सिंहले सेल्स मार्केटिङ स्ट्राटिजी अफ न्यू प्रोडक्टका बारेमा जानकारी गराउँदै पार्टनरहरुलाई न्यू प्रोडक्टको प्रतिक्रिया बटुलेका थिए। प्रतिक्रियाका आधारमा इसिएले आफ्नो मार्केटिङ स्ट्राटिजी अगाडि बढाउने कुरा समेत जानकारी गराए ।

कार्यक्रममा सेमी भर्चूअल भएतापनि निकै इन्टरयाक्टीभ रहेको थियो।

त्यसैगरी इसिएको सफलतामा पार्टनरहरुकै योगदान रहेको र भविष्यमा पनि पार्टनरहरुबाट त्यतिकै योगदानको आशा रहेको राजेश सिंहले जानकारी गराए । उत्कृष्ट पार्टनरहरुलाई शिल्भर, गोल्ड र प्लाटीनम पार्टनरका रुपमा सम्मान तथा प्रमाणपत्र समेत प्रदान गरिएको थियो। एजुकेशन सेन्टर अफ अष्ट्रेलिया इसिएका कन्ट्री मेनेजर हर्मित जिलले कार्यक्रमलाई भव्य, सभ्य र मर्यादित बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै अर्को वर्षको पार्टनर्स मिट कम्बोडियामा हुने जानकारी गराउँदै उपस्थित हुनका लागि समेत आह्वान गरेका थिए ।